मजाक

अगस्ट 24, 2026 · कविताहरू · 1 मिनेट पढाइको समय

मलाई सम्झिनुपर्दैन प्रेमी
मलाई दिनुपर्दैन चोखो प्रेम
तिमी जोबन बोकेर आऊ
र यो शरीरमा दाग भरेर जाऊ
जलाइदेऊ मेरो मन
यो मुटु खाक गरेर जाऊ
प्रेम तिम्रो बसको कुरा होइन
साहेबा, तिमी आऊ
मसँग मजाक गरेर जाऊ।