एक तनाव तिम्रो
एक तनाव मेरो
जोडेर यी तनावहरू
घटाइदिऊँ सरलक्कै आधिमा
एक जिन्दगी तिम्रो
एक जिन्दगी मेरो
जोडेर यी जिन्दगीहरू
पुर्याइदिऊँ सरलक्कै समाधिमा
तिमी आँसु छोड
तिमी मुटु नतोड
म दुनियाँ छोड्छु
मोह छोड्छु म माया छोड्छु
मुक्तिको आदि तिम्रो
मोक्ष्यमा आदि मेरो
समेटेर ती आदिहरू
पुर्याइदिऊँ सरलक्कै अनादिमा।