घर

अगस्ट 6, 2026 · कविताहरू · 2 मिनेट पढाइको समय

गाउँ थियो
गाउँमा घर थियो
घर सुरक्षित थियो
घरभित्र सुरक्षित मन पनि।।

एकदिन
मनको मन बदलियो
मन सदरमुकाम झर्‍यो।।

मनको मनमा ईख थियो
ऊ घर बिना बाँच्नेछ
भित्ताहरू बिना ऊ सुरक्षित हुनेछ

तर त्यसो भएन

मन फेरि गाउँ डुल्यो
गाउँमा उसको घर रहेन।

मान्छे छोडेको घर त केही वर्षमै रित्तियो
तिमीले छोडेको यो मन
कति वर्ष बाँच्ला र अब?